टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोली चल्यो, ९ विद्यार्थीको मृत्यु
२०८३ वैशाख ०३ विहिवार
- बुधबार एक माध्यमिक विद्यालयमा १३ वर्षका विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षकसहित ९ विद्यार्थीको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
एजेन्सी, ०३ वैशाख । टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोलीकाण्ड भएको छ । बुधबार एक माध्यमिक विद्यालयमा १३ वर्षका विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षकसहित ९ विद्यार्थीको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । आक्रमणपछि ती विद्यार्थीले आफैँमाथि पनि गोली प्रहार गरेका थिए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रान्तीय गभर्नर मुकर्रम उनलुएरका अनुसार आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत विद्यार्थी थिए । उनी विद्यालय आउँदा झोलाभित्र पाँच थान हतियार र सात वटा म्यागजिन रहेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार ती हतियार पूर्व प्रहरी अधिकृत रहेका उनका बाबुको हुन सक्ने आशंका गरिएको छ ।
घटनापछि विद्यालय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अनुसन्धान सुरु गरिएको छ । गभर्नरका अनुसार आक्रमणकारी विद्यालयभित्र छिरेर पाँचौँ कक्षाका विद्यार्थी पढिरहेको दुई कक्षामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । घाइतेमध्ये केहीको शल्यक्रिया भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
यसबीच सामाजिक सञ्जालमा आएका भिडियोहरूमा गोली चलिरहेको बेला विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको माथिल्लो तलाबाट हाम फालेको देखिएको छ । न्यायमन्त्री अकिन गुरलेकले घटनाको गम्भीर छानबिन सुरु गरिएको जानकारी दिएका छन् ।
यसअघि मंगलबार पनि टर्कीको सनलिउरफा प्रान्तमा अर्को गोलीकाण्ड भएको थियो । त्यहाँ १८ वर्षका एक युवकले आफ्नो पुरानो विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा १६ जना घाइते भएका थिए । तीमध्ये विद्यार्थी र शिक्षक दुवै थिए । आक्रमणपछि ती युवकले पनि आफैँमाथि गोली प्रहार गरेका थिए । त्यो घटना एक व्यावसायिक उच्च विद्यालयमा भएको थियो । आक्रमणकारी पूर्व विद्यार्थी रहेको र उनले शटगन लिएर विद्यालय पुगेको बताइएको छ । उनले कुनै निश्चित लक्ष्य नछानी गोली चलाएको र पछि विद्यालयभित्र लुकेर बसेको जनाइएको छ । उक्त घटनामा १० विद्यार्थी, ४ शिक्षक, एक क्यान्टिन कर्मचारी र एक प्रहरी अधिकारी घाइते भएका थिए। प्रहरीले विद्यालयलाई घेरेर विशेष कारबाही थालेको थियो। आक्रमणकारीले आत्मसमर्पण गर्न अस्वीकार गरेपछि कारबाहीका क्रममा उनले आफैँमाथि गोली चलाएका थिए । लगातार दुई दिन विद्यालयमा भएका यी घटनाले टर्कीमा सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता बढाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।